कोरोना कहर : फ्रान्समा दोस्रो पटक लकडाउन, रातमा कर्फ्यु

File Photo

एजेन्सी : कोरोना भाइरसको महामारीले फेरि सताउन थालेपछि फ्रान्समा दोस्रो पटक लकडाउन शुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरिएको हो । यसपालिको लकडाउन थप कडा बनाइएको छ । लकडाउनसँगै रातमा कर्फर्यूसमेत लगाइएको छ । 

आउँदै गरेको क्रिसमसमा कोरोना भाइरसको संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुनः लकडाउन जारी गरिएको हो । राति ८ देखि बिहान ६ बजेसम्म कर्फर्यू नै लगाइएको छ । 

यसबाट मानिसहरु बाहिर निस्कन पाउने छैनन् । न्यूइयर इभमा बार र रेस्टुरेन्टहरु खुल्न पाउने छैनन् । बीबीसीले लेखेअनुसार जनवरी २० तारिखसम्म बार र रेस्टुरेन्ट खोल्न प्रतिवन्ध लगाइएको छ । 

महामारीको समयमा सुरक्षित रुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।