• The Public Today
  • गोरखामा बस दुर्घटना, ११ जना घाईते


    गोरखा, पुस १ गते : गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।

    काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फर्किसकेका छन् ।

    गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको एसपी गुरुङले बताए । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस