• The Public Today
  • महोत्तरी : सशस्त्र प्रहरीले नुरियाको ज्यान बचायो


    द पब्लिक टुडे
    बर्दिवास, पुस २ गते ।
    महोत्तरीमा सशस्त्र प्रहरीले आत्महत्या गर्न झुण्डिएकी एक महिलाको ज्यान बचाएको छ । जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीकी २५ वर्षीया नुरिया खातुनको जीवन सशस्त्र प्रहरीले जोगाएको हो ।

    नुरियाका पति मझर अन्सारीले उनलाई दिनहुँ कुटपीट गरेर यातना दिदैं आएको थियो । यातना सहन नसकेर उनले मृत्यु रोजेकी थिइन् ।

    बुधबार दिउँसो आफ्नै कोठाको पंखामा सल लगाएर झिण्डिएको अवस्थामा उनलाई प्रहरीले फाँसीबाट उतारेर बचाएको हो ।

    नुरिया आत्महत्या गर्न लागेको खबर पाए लगत्तै बीओपी जलेश्वरका प्रमुख बिर्ख बहादुर शाहीको कमाण्डमा गएको टोलीले कोठाको ढोका फोडेर उनलाई बचाएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस