• The Public Today
  • ‘इन्दुकी जवानी’ले विकेन्डमा कती कमायो ?


    द पब्लिक टुडे
    गौशाला, पुस २ गते ।
    भारतमा अक्टुबर १५ बाट ५० प्रतिशत अकुपेन्सीमा हल संचालन भैरहेका छन् ।

    कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेका हलहरु २ महिना अगाडि संचालनमा आएपनि दर्शकको अकुपेन्सी भने सुखद छैन ।

    नयाँ चलचित्र रिलिज नभएकाले पनि दर्शक हलसम्म नआएका हुन् । यसैविच, शुक्रबारदेखि नयाँ चलचित्र ‘इन्दु कि जवानी’ रिलिज भएको छ ।

    नायिका कियारा आडवाणीको मुख्य भूमिका रहेको यो चलचित्रले ३ दिनमा ७० लाख कलेक्शन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रलाई दर्शकको उल्लेख्य साथ मिलेन । नायिका कियारा आडवाणीको क्रेज बलिउड बक्स अफिसमा सुखद मानिन्छ ।

    तर, यो चलचित्रको प्रचार कम हुनु, दर्शकको अपेक्षा चलचित्रमाथि नहुनु र कोभिडको जोखिम यथावत नै रहनु लगायतका कारणले चलचित्रको विकेन्ड कलेक्शन कमजोर देखिएको हो ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस