• The Public Today
  • ट्रयाक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


    बैतडी, पुष २ गते ।बैतडीमा आज ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए ।

    सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

    उक्त ट्याक्टरमा अन्य चार जना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर सडकमै पल्टेको हो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस