• The Public Today
  • महोत्तरी : शौचालयमा भेटिइन् हातखुट्टा बाँधेको अवस्थामा बालिका


    शैलेन्द्र महतो
    जनकपुरधाम, पुस २ गते ।
    महोत्तरीको मनरा सिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानका श्रीमान विनोद गामीमाथि छिमेककी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

    मनरासिसवा नगरपालिका-६ की ती बालिका बुधबार साँझ ७ बजे साथीको घरबाट आफ्नो घर फर्किरहेको बेला अचानक बेपत्ता भएकी थिइन्। बालिकाको खेजतलासका क्रममा साँझ ७ बजे गामीको घर अगाडि बालिकाको एउटा चप्पल फेला परेको थियो।

    खोजतलास गर्दै जाँदा शौचालयमा हातखुट्टा बाँधेको अवस्थामा बालिका फेला परेपछि उद्धार गरेको प्रहरी चौकी सरपल्लोले जनाएको छ।

    ‘अचानक बालिका बेपत्ता भएको र बालिका गामीको शौचालयमा छ भन्ने खबर पाएपछि तुरन्तै पुग्दा बालिका हातखुट्टा बाँधिएको अवस्थामा फेला परिन्’ चौकी इन्चार्ज रामइश्वर महतोले भने।

    बालिकाले आफूलाई स्थानीय गीना बैठाले मुख थुनेर शौचायमा लगेपछि गामी र स्थानीय परीक्षणले हातमुख बाँधेर शौचालयमा राखेको बयान दिएको प्रहरीले जनाएको छ।

    पीडित परिवारले भने बालिकालाई अपहरण गरी शौचालयमा लगेर हात खुट्टा बाँधेर मुखमा कपडा कोची गामी लगायतले बलात्कार प्रयास गरेको आरोप लगाएका छन्। घटनामा संलग्नमाथि कडा कारबाही गर्न परिवारजनले माग गरेका छन्।

    राति नै जिल्ला प्रहरी कार्यालयको टोलीले जलेश्वर अस्पताल लगेर बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। घटना लगतै उपमेयरका पति गामी, परीक्षण साह र मुख थुनेर बालिकालाई लग्ने महिला गीना बैठा बेपत्ता भएका छन्। तीनैजनाको खोजिकार्य जारी रहेको र घटनाका विषमया थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    बिहीबार स्थानीय बासिन्दाले प्रहरीले समयमै गामी लगायतलाई पक्राउ गर्न नचाहेपछि भागेको भन्दै जलेश्वर बर्दिवास सडक खण्ड अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस