• The Public Today
  • १७ वटा ‘चुम्बनको दृश्य’ दिएर रातारात चर्चित बनेकी यी अभिनेत्री


    गौशाला, पुस ३ गते : बलिउड चलचित्रका अभिनेत्री मल्लिका शेरावतको जीवन कुनै पनि फिल्मको कहानीभन्दा कम छैन ।

    सन् १९७६ को अक्टोबर २४ मा जाट परिवारमा उनको जन्म भएको थियो । पिता फिल्म क्षेत्रको घोर विरोधी थिए । मल्लिकाको वास्तविक नाम रीमा लाम्बा थियो । उनले यो उद्योगमा आउनुअघि नाम परिवर्तन गरेकी थिइन् ।

    मल्लिकाले बलिउडमा ‘जीना सिर्फ मेरे लिए’ बाट पाइला राखेकी थिइन् । उनको फिल्ममा निकै छोटो भूमिका थियो । करीना कपूर र तुषार कपूरको मूख्य भूमिका रहेको थियो । मल्लिकालाई वास्तविक पहिचान ‘ख्वाहिश’ फिल्मबाट भएको थियो ।

    यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । फिल्ममा मल्लिकाले १७ वटा किस सिन दिएकी थिइन् । यो फिल्मको रिलीजपछि मल्लिका रातारात स्टार बनिन् । मल्लिकाको प्रसिद्धि देखेर महेश भट्टले उनलाई मर्डर फिल्म खेल्न समेत अफर गरे । उनको उक्त फिल्म पनि हिट भएको थियो । एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस