• The Public Today
  • रौतहटमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ


    रौतहट, पुस ३ गते । रौतहटमा अवैध हतियार कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका-४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

    टोलीले दुर्गाभगवती गाउँपालिका वडा नं.५ झाँजपुल स्थितमा चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो ।

    यस घटनाको थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए । 

    दुईदिन अघिमात्र कटहरिया नगरपालिका १ बगहिमा एकजना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस