• The Public Today
  • विवाहपञ्चमी : जनकपुरमा आज राम र जानकीको मटकोर गरिदै


    जनकपुरधाम, पुस ३ गते । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज राम र जानकीको मटकोर गरिदैँछ ।

    जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर आज दिउँसो मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।

    बाजागाजा सहित गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । मटकोटर सकिएपछि भोलि शनिबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयंवर र विवाहको विधि गरिने छ ।

    सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

    भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने जानकी मन्दिरका महन्त दासले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस