उत्पीडनको पक्षमा कलम चलाउन आग्रह

द पब्लिक टुडे समाचारदाता
बर्दिवास, पुस ३ गते । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य राजु खड्काले उत्पीडनको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । बिहिवार महोत्तरीको बर्दिवासमा आयोजित प्रेस संगठन नेपाल महोत्तरीको जिल्ला समिति विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
महोत्तरी जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रिय सदस्य खड्काले शोषण गर्ने शासकको पक्षमा कलम चलाउने पत्रकार श्रमजीवि पत्रकार नभएको उल्लेख गरे । उनले वेथितीको विषयमा खुलेर खबरदारी गरिदिन समेत पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले पत्रकारहरुले खोज पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले कलममा भएको तागतलाई सहि सदुपयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
यस्तै प्रदेशसभा सदस्य शारदा देवी थापाले पत्रकार विना समाज दृष्टि विहिन हुने उल्लेख गरे । उनले पत्रकारको विषयमा पनि राज्यले गम्भिरता पूर्वक लिनुपर्नेमा जोड दिए ।
यता कार्यक्रममा प्रेस संगठन नेपाल प्रदेश २ का संयोजक हिरालाल चौधरीले संगठनका जिल्ला पदाधिकारीहरुलाई आवश्यक निर्देशन तथा सुझाव दिएका थिए ।
प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोको अध्यक्षतामा बसेको बैठकमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको तयारी थालेको छ । सगंठनका केन्द्रिय सदस्य तथा प्रदेश २ का संयोजक हिरालाल चौधरी, कन्द्रिय सदस्यहरु किरण कुमार कर्ण र सुिनता बरालसहितको उपस्थितिमा सम्पन्न बठैकले महासघंको आसन्न निर्वाचनमा आवश्यक तयारीका लागि तीन सदस्यीय कार्यदल नै गठन गरेको छ ।
निर्वाचन प्रयोजनका लागि विभिन्न पक्षसँग वार्ता गर्ने, उम्मेदवारी प्यानलबारे सहमति गर्ने र आफ्ना पक्षका उम्मेदवारको नाम टुङ्गो लगाउने अधिकारसहितको कार्यदलमा जिल्ला संयोजक राजकरण महतो संयोजक र बिक्रमप्रसाद रौनियार एवम् रामनारायण महतो सदस्य छन् । संगठनले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विशेष तालिमको आयोजनाका लागि पहलकदमी लिने र पत्रकार आचारसंहिताबारे सघन छलफल गरिदै यसको परिपालनामा जोड दिएको छ ।
बैठकमा प्रेस संगठनका प्रदेश २ संयोजक हिरालाल चौधरीले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व सचिव विक्रमप्रसाद रौनियारलाई अविर लगाएर सगंठनमा आवद्ध गरेका छन् । विस्तारित बैठकमा गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्ण, केन्द्रिय सदस्य सुनिता बराल, संगठनका धनुषा संयोजक शैलेन्द्र महतो, सह– संयोजक अवधेश कामतलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस