• The Public Today
  • थप १६ संक्रमितको मृत्यु, १०२९ जना संक्रमण मुक्त


    काठमाडौं, पुस ३ गते : पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ६५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएका पाँच हजार सात सय ६ मध्ये ७ सय ८२ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार २९ जना निको भएका छन् ।

    योसँगै देशमा कोभिड संक्रमितको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा ४ सय २७ जना छन् भने ९ हजार ३ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस