• The Public Today
  • सप्तरीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


    सप्तरी, पुस ३ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा  एक बालक आज मृत भेटिएका छन्  ।  स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ः०० बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

    प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर  बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको  प्रहरीले जनाएको छ  । 

    यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो  ।  

    गोठमा आगलागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सो आगलागीबाट अन्नपात, लताकपडासहित करिब रु एक लाख  बराबरको क्षति भएको प्रहरीले जनाएको छ  ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस