• The Public Today
  • प्रधानमन्त्रीको कदमपछि देशभर सुरक्षा ‘अलर्ट’


    काठमाडौं, पौष ५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको हो ।

    एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आ – आफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन्


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस