• The Public Today
  • संसद् विघटनको प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन


    काठमाडौं, पुस ५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्ताव विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । राजधानी काठमाडौं सहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदम विरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।

    असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गर सहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् ।

    काठमाडौंको माइतीघरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस