• The Public Today
  • संसद विघटनविरुद्ध नेकपा महोत्तरीले प्रदर्शन गर्ने


    बर्दिवास, पुस ५ गते । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

     प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । यसैबीच नेकपा महोत्तरीले पनि प्रतिनिधिसभा विघटनविरुद्ध बिरोध कार्यक्रम गर्ने भएको छ । संसद विघटनविरुद्ध ४ ३० बजे बिरोध कार्यक्रम गर्ने तयारी भइरहेको नेकपा महोत्तरीले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस