• The Public Today
  • प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय


    काठमाडौं, पुस ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । 

    ओलीले संसद विघटन गरेपछि आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । 

    बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए । 

    बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस