• The Public Today
  • बालिका बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्डको सजाय


    काठमाडौं, पुस ५ गते : भारतको बिहारमा ३ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ।२४ महिनाको कानुनी प्रक्रियापछि २९ वर्षका रामलाल महतोलाई बिहारको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

    सन् २०१८ को जुन २ मा ३ वर्षकी बालिका हराएको भनेर दालसिङसराई प्रहरी चौकीमा उजुरी परेको थियो। त्यसको भोलिपल्ट ती बालिका हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

    नग्न भेटिएकी बालिकाको शरीरभर चोट थियो। घटना हुनु अगाडि ८ प्रत्यक्षदर्शीले बालिकालाई रामलालसँग देखेका थिए।रामलालले सुरुवातमा बलात्कारको घटना अस्वीकार गरेपनि पछि यो कुकर्म आफैंले गरेको भनेर स्वीकार गरेका थिए।अब रामलाललाई चाँडै मृत्युदण्ड दिइनेछ। हिन्दुस्तान टाइम्स


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस