• The Public Today
  • संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भयो : मुख्यमन्त्री राउत


    पुस ५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

    संविधानमा व्यवस्था नै नभएको आधारलाई टेकेर प्रधानमन्त्री ओलीलेले संसद विघटन गरेर प्रतिगामीलाई फाईदा गराएको आरोप लगाए ।उनले भने, ‘प्रधानमन्त्रीको कदमले उनीभित्रको संंघीयता, गणतन्त्र र परिवर्तन विरोधी मानसिकताको प्रतिबिम्ब झल्किएको छ,’ उनले भने, ‘मुलुकमा द्वन्दमा जान सक्ने अवस्था देखिएको छ ।’

    प्रधानमन्त्रीले जे मन लाग्यो त्यही गरेर देशको हित विपरीत अघि बढेको आरोप उनको छ । ‘प्रधानमन्त्री संविधान संवत चल्नुपर्छ तर उनले जे-जे मन लाग्छ गरेका छन्,’ मुख्यमन्त्री राउतले भने, ‘ आफू बाहेक अरु कोही छैन भन्ने ठानेर कदम चालिएको छ । जुन देश, जनता, संघीयता, गणतन्त्र र परिवर्तनका लागि घातक छ ।’

    संविधानमा प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गर्न सक्ने प्रावधान नै नभएको जिकिर गर्दै उनले सर्वोच्च अदालतले संसद व्युँताउने वा सभामुखले विशेष अधिकार प्रयोग गरेर संसद बैठक बोलाउन सक्ने बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस