• The Public Today
  • युवा संघको प्रदर्शन, ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग


    जनकपुरधाम, पुस ५ गते : संसद विघटन विरुद्ध प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्।

    नेकपाको प्रदेश २ पार्टी कार्यालयबाट निस्केको युवा संघको मोटरसाइकल र्‍याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।कोणसभामा बोल्दै युवा संघका नेता–कार्यकर्ताहरुले जनादेशलाई लत्याउँदै संसद विघटन गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न माग गरेका छन्।

    यस्तै जसपाले पनि संसद विघटन विरुद्ध जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा जसपाले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भन्दै संघीयतालाई नै समाप्त गर्न खोजेको बताएको छ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस