• The Public Today
  • मन्त्री पुनले छाडे गाडी र सरकारी निवास


    काठमाडौं, पुस ५ गते : ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए ।

    लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस