• The Public Today
  • राजीनामा दिएका सात मन्त्री सिंहदरबारबाट बाहिरिए


    काठमाडौं, पुस ६ गते : संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै सात जना मन्त्रीहरुले आइतबार साँझ सिंहदरवारमा सामुहिक राजीनामा घोषणा गरे ।

    राजीनामा दिन उपस्थित सातै जना मन्त्रीहरुको मुहार मलिन देखिन्थ्यो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमपछि कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री बर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामनत्री गिरिराजमणी पोखरेल, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा घोषणा गरेका हुन् ।

    कृषि समितिको हलमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले राजीनामा पढेर सुनाएका थिए । त्यसपछि राजीनामा दिएका सातै मन्त्री सिंहदरवारबाट बाहिरिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस