• The Public Today
  • ‘रकम भुक्तानीको जिम्मा सरकारले नलिएसम्म आन्दोलन रोकिँदैन’


    काठमाडौं, पुस ६ गते । चिनी मिलबाट आफूहरुले पाउनुपर्ने रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् ।

    उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । सरकारसँग आज (सोमबार) दिउँसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन् ।

    चिनी मिल सञ्चालक र सरकारले पटक-पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् । उखु किसान संघर्ष समितिका सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन पनि नसक्ने बताए ।

    सरकारले मिति तोकेर भुक्तानी दिलाइदिने जिम्मेवारी लिए आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने पनि उनले बताए ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस