• The Public Today
  • प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता


    काठमाडौं, पुस ६ गते : संसद् (प्रतिनिधिसभा) विघटन गर्ने सरकारको कदम विरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएको छ।

    आइतबार नै दर्ताका लागि पुगे पनि दर्ता नभएका रिट सोमबार मात्र दर्ता भएका हुन्।१२ वटा दर्ताका लागि आए पनि एउटा रिट भने सच्याएर ल्याउन पठाइएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

    ‘१२ वटा आएका थिए तर एउटा सच्याएर भोलि ल्याउन भनेका छौँ’, पोखरेलले भने।रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको व्यहोरा रहेको उनले जानकारी दिए।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए।सरकारको सिफारिस सदर गर्दै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते चुनावको मिति तोकिदिएकी छिन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस