• The Public Today
  • ताजा जनादेशमा जानु उत्तम विकल्प : कमल थापा


    काठमाण्डौ, पुस ७ गते : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत उनले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका हुन्।

    ‘संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ,’ थापाले मंगलबार बिहान ट्विटरमा लेखेका छन्, ‘तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प अवसर हो।

    यस अघि उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गरेका थिए। त्यसको दुई दिनपछि थापाले ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका हुन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस