• The Public Today
  • ओली र प्रचण्ड-नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै


    काठमाण्डाै, पुस ७ गते : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठककाे आह्वान गरेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न लागिएको हो ।

    दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । प्रधानमन्त्री ओलीपक्षको बैठक बिहान ९ बजेका लागि र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    काठमाण्डौको एक ब्याङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड-नेपाल पक्षको बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेताहरुले बताएका छन् । प्रचण्ड- नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ । यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएसँगे नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका छन् । आजको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानबिन्दु हुने विश्लेषण गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस