• The Public Today
  • रमतेल डाँडा वनको जग्गा व्यक्तिको नाउँमा कसरी गयो ?


    • राजकरण महतो

    बर्दिबास, पुस ७ गते । महोत्तरीको बर्दिबास– १ स्थित रमतेल डाँडा सामुदायिक वन क्षेत्रमा गैरकानुनी रुपमा रुख कटान गरि फडानी गरेका स्थानीयबासिन्दाले जनाएका छन् ।

    बर्दिबास–१का कृष्ण प्रसाद गौतम र लिलामणी आचार्यले रमतेल डाँडाको १ विघा २ कठ्ठा ११ धुर आफुहरुकोे रहेका बताउँदै संयुक्त जग्गाधनी लालपुर्जा देखाएका छन् । उनीहरुले वन क्षेत्र भनिएको जग्गाको १ सय रुख कटान गरेका छन् । १ हजार २ सय क्वीफिट काठ व्यपारीलाई बिक्री गरिएको छ ।

    डिभिजन वन कार्यालय महोत्तरीमा जग्गाधनीले रुख कटान गर्न निवेदन दिएका थिए । बर्दिबास नगरपालिका वडा नम्बर १ ले नियम अनुसार रुख कटान गर्न सहयोग गरिदिन वनलाई सिफासिर पनि गरेको थियो । सामुदायिक वनका अध्यक्ष शेरबशहादुर राउतले आफूहरुको वन क्षेत्रमा जग्गाधनीले दावी गरेको जग्गा नपरेको वन कार्यालयमा सिफारिस गरेका थिए ।

    वन, नापी, मालपोत, वडा प्रतिनिधि, रमतेल डाँडा सामुदायिक वनका पदाधिकारी, स्थानीयबासिन्दाहरुको रोहबरमा जग्गा नापी हुँदा वनभित्र व्यक्तिको जग्गा परेको ठहर गरिएको थियो । त्यसपछि जग्गाधनीलाई वन कार्यालयले रुख कटान गर्न आदेश दिएको थियो । विवाद चुलिएपछि कटान गरिएको सिसौ, भिक्स लगायतका रुखका तयारी गोलिया उठाउन बर्दिबास नगरपालिका वडा नम्बर १ को कार्यालयले रोकेको छ । जग्गाको फेरी नापी गर्न वडा कार्यलयले सम्बन्धित निकायमा पत्रचार गरेको वडा अध्यक्ष चुडामणी पोखरेलले बताए । फडानी गरिएको जग्गा व्यक्तिको नभएर वन क्षेत्र रहेका स्थानीय टिकाध्वज खड्काले बताए ।

    जग्गाधनी कृष्ण प्रसाद गौतमले भने आफूहरु २०७३ सालमा रामसबक महतोसंग जग्गा खरिद गरेको बताए । आफूहरु त्यसै रुख नकाटेको बताउँदै उनले वन कार्यालयले छुटाइदिएको जग्गामा मात्र रुख काटेको दाबी गरे ।

    यता रुख कटान गरिएको जग्गा व्यक्तिको हो कि वनको ? भन्ने बिषयमा जाँचबुझ गर्न छानविन टोली गठन गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले जनाए ।


    क्याटेगोरी : अन्तरवार्ता, मुख्य समाचार, राष्ट्रिय, विविध, समाज
    ट्याग : #जनचासो

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस