• The Public Today
  • सिरहाको सुखिपुर नगरपालिकामा भेट्यो कुकर बम, स्थानीय त्रसित


    सिरहा, पुस ७ गते । सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । 

    कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए । 

    अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस