• The Public Today
  • थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं,  पुस ७ गते । नेपालमा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने अहिलेसम्म २ लाख ४५ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस