• The Public Today
  • ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय


    काठमाडौं, पुस ७ गते । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

    मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस