लागुऔषधसहित एकजना पक्राउ

द पब्लिक टुडे
गौशाला, पुस ८ गते । चितवन प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का सुवास गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलवार अपराह्न ३ बजे नारायणगढ(मुग्लिन खण्डअन्तर्गत भरतपुर महानगरपालिका-१, रामनगरमा ग.१८प ५९०० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले चालक गुरुङले झोलामा लुकाएर ल्याएको र जाँचका क्रममा पक्राउ गरिएको चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।
उनको साथबाट डाइजेपाम ३०० एम्पुल ब्रुप्रिनोफिन, फेनरागन ३०० एम्पुल बरामद गरेको छ । गुरुङलाई नियन्त्रणमा लिएर म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाज
प्रतिक्रिया दिनुहोस