• The Public Today
  • धनुषामा ५० जना बालिकालाई साइकल


    द पब्लिक टुडे
    गौशाला, पुस ८ गते ।
    महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेको गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ ।

    धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेर वितरण गरिएको जनाइएको छ । क्लबले ५ देखि कक्षा ८ सम्मका बालिकालाई जनता मा.वि., कजरा, रमौल परिसरमा साइकल वितरण गरेको क्लबले जनाएको छ ।

    क्लबकी अध्यक्ष सीमा गोल्छाले यी साइकलले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्ने बताइन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस