• The Public Today
  • संसद विघटन विरूद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ शुरू


    काठमाडाैं, पुस ८ गते । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी विभिन्न रिटको सुनुवाइ शुरू भएको हो ।

    प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दावीसहित सोमवार र मंगलवार सर्वोच्चमा रिट परेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाखमा चुनावको मिति घोषणा गरेकी थिइन् ।

    नेकपाका निवर्तमान सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाक्री र शशी श्रेष्ठ लगायतले पनि सर्वोच्चमा छुट्टै रिट दर्ता गरेका छन् ।  

    नेपाल बार एशोसिएशनको हलबाट सुनुवाइ हेर्न सकिने व्यवस्था गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस