अचानक रुखबाट पैसा वर्षिएपछि…

एजेन्सी : सीतापुरमा अचानक एक रुखबाट रुपैयाँको नोटको वर्षा हुन थाल्यो । रुखबाट वर्षिरहेको रकम लुट्नका लागि मानिसहरुको भीड नै लाग्यो । 

केहीले सही त केहीले पुरानो नोट मानिसहरुको हात लागिरहेको थियो । जब उनीहरुको नजर रुखमा गयो ।

तब, पत्ता लाग्यो कि रुखमाथि बसेको एक बाँदरले नोटको वर्षा गरेको थियो । बाँदर पहिला कुनै नोटलाई दाँतले च्यात्ने र फाल्ने गरिरहेको थियो । 

यो दृश्य सीतापुरको कोतवाली क्षेत्रस्थित विकास भवनको बाहिर देखिएको थियो । यहाँ एक ज्येष्ठ नागरिक रजिस्ट्री गर्नका लाथि आएका थिए ।

उनको हातमा चार लाख रुपैयाँ थियो । एक बाँदरले अचानक उनको हातबाट उक्त रकम खोसेर लग्यो ।

पैसा लिएर रुखमा चढेको बाँदरले दाँतले नोट च्यात्दै तलतिर फाल्दै गरेको थियो । रुखबाट पैसा झरेको देखेर त्यहाँका मानिसहरु पैसा समेट्न लागेका थिए ।

कसैले एक हजार त कसैले धेरै रकम समेटेका थिए ।