• The Public Today
  • ‘उखु किसानलाई अविलम्ब भुक्तानी देऊ’


    काठमाडौं, पुस ९ गते । नेपाल उद्योग परिसङ्घले किसानबाट खरिद गरेको उखुको बाँकी बक्यौता अविलम्ब भुक्तानी गर्न चिनी उद्योगसँग आग्रह गरेको छ ।

    आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको अवस्थामा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान दिन पनि परिसङ्घले अनुरोध गरेको छ ।

    परिसङ्घले आज विज्ञप्ति जारी गर्दै बक्यौता रकम भुक्तानी दिन शुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीको हकमा सरकारले अघि बढाएका कारवाही वा अन्य कदम फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि आग्रह गरेको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस