• The Public Today
  • २०२१ मा हलमा रिलिज हुने पहिलो चलचित्र बन्दै ‘१२ ओ’क्लक’


    मुम्बई, पुस ९ गते । हरर चलचित्र प्रेमीहरुका लागि वर्ष २०२१ राम्रो सुरुवात हुन सक्छ । हरर जनराका चर्चित निर्देशक रामगोपाल बर्मा आफ्नो नयाँ हरर चलचित्र २०२१ का लागि लिएर आउने भएका छन् ।

    ‘१२ ओ’क्लक’ अन्दर का भूत नामक उक्त चलचित्र एक साइकोलोजिकल हरर थ्रिलर चलचित्र हो । निर्देशक बर्माले सार्वजनिक गरेको चलचित्रको पोस्टरमा उल्लेख गरेअनुसार चलचित्र २०२१ को जनवरी ८ मा रिलिज हुँदै छ ।

    चलचित्रबारे निर्देशक बर्मा भन्छन्, “म सधैं विश्वास गर्थे कि हरर चलचित्रले मानसिक पाटोमा काम गर्छ, किनभने मानिसहरु आफ्नो कल्पनाशक्तिलाई प्रयोग गर्दा झन् धेरै डराउँछन् । यस जनराले सधैं मलाई उत्साहित गर्छ र यसपटक दर्शकलाई तर्साउने मैले नयाँ विधिहरु प्रयोग गरेको छु । साथै बाहुबली फेम्द म्युजिक निर्देशक एम एम किरावाणीले पनि हरर चलचित्रको ब्याकग्राउन्ड संगीतमा पनि पहिलोपटक काम गरेका छन् ।”

    यस चलचित्रमा मिथुन चक्रवर्ती, मकान्ड देशपान्डे, मानव कौल, अली अजगरलगायत कलाकारहरुको अभिनय छ । भारतका सबै हलमा यूएफओ सिने मिडिया नेटवर्कले रिलिज गर्दै छ ।बलिउड हंगामा


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस