• The Public Today
  • अब मौन बस्दैनौ : यौन हिंसा तथा बलात्कार विरुद्व जागरुक गराउन तालिम


    जुनु
    बर्दिवास, पुस ९ गते ।
    आफुमाथि भएको दुव्यवहारको समयमै प्रतिकार नगर्दा यौन दुव्र्यवहार बद्दै जादो रहेछ, त्यसैले अब मौन बस्दैनौं यो आवाज बर्दिबास नगरपालिकाक वडा नं.–६ मनिषा तामाङको हो ।

    नेपालमा बढदै गइरहेको यौन हिंसा तथा बलात्कार विरुद्व जागरुक गराउन, हिंसा विरुद्व आवाज उठाउनका र बालबालिकालाई शसक्तिकरण गर्न सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघको संयुक्त सहकार्यमा बर्दिबास नगरपालिकाको १४ वटै वडामा सक्रिय रहेका बालक्लवलाई १ दिने तालिम प्रदान गरएको छ ।

    बर्दिबास नगरपालिकामा नियमित जस्तै घटदै आएरहेको बाल यौन हिसां तथा दुव्र्यवहारको घटनाको मध्यनजर गर्दै समयमै दुव्यवहारको पहिचान गरी आफुमाथि भएको दुव्र्यवहारको विरुद्वमा बोल्न र न्यायका लागि बालबालिकाहरुलाई शसतm बनाउने उद्देश्यले तालिम प्रदान गरिएको सामुदायिक परिवार कल्याण संघका कार्यकारी निर्दैशक मिथलेश साहले बताए ।

    एकदिने तालिममा बाल दुव्यर्वहार भनेको के हो, यौन शोषण कसरी भइरहेको छ, यस्ता घटनाको सिकार हुँदा बालबालिकामा कस्ता असरहरु पर्दछन । यौनजन्य दुव्र्यवहार तथा जबरजस्तीकरणी भनेको के हो, न्युनिकरण, बचावटका उपायहरु, जवरजस्तीकरणी घटनापछि तत्काल के गर्नै के नगर्नै, उजुरी पक्रिया र तत्काल आफु बच्ने तरिकाहरुको विषयमा बालबालिकाहरुलाई सचेत गरिएको थियो ।

    कार्यक्रममा बर्दिबास नगरपालिकाका १४ वटै वडाका बालक्लवका २ सय ८८ जना प्रतिनिधि बालबालिकाहरुको सहभागी रहेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस