• The Public Today
  • जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी, २ करोड बढीको क्षति


    • शैलेन्द्र महतो

    जनकपुरधाम, पुस ९ गते । जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ। बिहीबार बिहान पौने ११ बजेतिर विद्युत् सर्किट सट भएर आगलागी भएको हो।

    आगलागीबाट डिपार्टमेन्टल स्टोरका किराना, कपडा, फर्निचर लगायत सबै जेलर नष्ट भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनका अनुसार २ करोड ५० लाख रुपैयाँ बढीको क्षति भएको छ।

    ५ वटा वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा झण्डै ३ घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो।

    अढाई बजे आगो नियन्त्रणमा आएको स्थानीय व्यवसायी जानी खानले बताए।

    जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ। बिहीबार बिहान पौने ११ बजेतिर विद्युत् सर्किट सट भएर आगलागी भएको हो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस