• The Public Today
  • मिथिला होटल व्यवसाय संघ ढल्केवरको अध्यक्षमा यादव


    ढल्केवर, पुस १० गते । धनुषाको मिथिला नगरपालिकामा मिथिला होटल व्यवसाय संघ गठन भएको छ ।

    बिहिवार ढल्केवरस्थित कृषि उपज बजारको प्राङ्गणमा होटल व्यवसायीहरूको भेलाले श्रीराम यादवको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

    गठित तदर्थ समितको उपाध्यक्षमा विमल भट्टराई, महासचिवमा देवराज घिमिरे, सचिवमा राजकुमार महतो, कोषाध्यक्षमा लक्ष्मी कुमारी लामा रहेका छन् । यस्तै सदस्यहरूमा मनोज भट्टराई, भवानी अधिकारी, अनिल दास र गंगा गैरे रहेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज


    प्रतिक्रिया दिनुहोस