• The Public Today
  • संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको प्रदर्शन


    काठमाडौं, पुस १० गते । नेकपाको प्रचण्ड-नेपाल समूह आज राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

    माइतीघरमा भेला भएका केन्द्रीय सदस्य र सांसदहरु नाराबाजीसहितको जुलुस लिएर निर्वाचन आयोगसम्म पुगेका छन् । उनीहरु आफू बहुमत भएको प्रमाण पेस गर्न निर्वाचन आयोग पुगेका हुन् ।

    उनीहरु संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएका छ । उनीहरुले प्रतिगामी षड्यन्त्र मुर्दावाद, असंवैधानिक कदम खारेज गरलगायतका नारा लगाएका छन् । 

    प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं भन्दै धर्नामा  बसेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस