• The Public Today
  • ‘करोडौँ मूल्य बराबरका सामान चिनियाँ नाकामा कुहिन लागे’


    काठमाण्डौ, पुस १० गते : चीनतर्फको नाका प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीले दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले गुनासो गरेको छ ।

    नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको बताउनुभयो ।

    करोडौँ मूल्य बराबरका सामान चीनतर्फको नाकामा कुहिन लाग्दा व्यवसायी पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठको भनाइ छ । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उहाँले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

    कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्योल बढ्दा व्यवसायीमा चिन्ता थपिएको उहाँको भनाइ छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस