• The Public Today
  • सवारी लाइसेन्सको अनलाइन आवेदन पुस १४ गतेदेखि खुल्ने


    द पब्ल्कि टुडे
    गौशाला, पुष ११ गते ।
    सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । गत चैत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो ।

    यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।

    अब प्रदेश सरकारहरुले आफ्ना यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गर्न पाउनेछन् । अहिले नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ ।

    सबै प्रदेशबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि विभागले लाइसेन्सको आवेदनका लागि प्रणाली खुला गर्न लागेको हो ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस