• The Public Today
  • ५०० कोरोना संक्रमित थप, ३ जनाको मृत्यु


    काठमाडौं, पुष ११ गते : पछिल्लो २४ घण्टामा ५०० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ८४० संक्रमित निको भएका छन् ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ छ ।

    पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।मन्त्रालयका अनुसार ६ हजार ७४९ जना आइसोलेसनमा छन् । ३६९ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस