• The Public Today
  • संविधानमाथि प्रहार भएकोले विरोध : नागरिक अगुवा


    काठमाडौं, पुष ११ गते : नागरिक समाजका अगुवाहरुले सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको बताएका छन् ।सरकारको उक्त कदम संविधानमाथिकै आक्रमण भएको उनिहरुले बताए ।प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मन्डलामा विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले शंख बजाएर विरोध गरेका थिए ।संविधानमाथि प्रहार भएकोले प्रदर्शनमा उत्रनुपरेको उनीहरुको जिकिर छ ।

    प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका थिए ।‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तीरैतीर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’लगायत लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस