संसद विघटनविरुद्ध राजधानीमा जसपाको प्रदर्शन

काठमाडौं, पुस १२ गते । संसदविघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ ।