• The Public Today
  • ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो


    गुल्मी, पुस १२ गते । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ ।

    रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।

    बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस