• The Public Today
  • अविश्वास प्रस्ताव सहजै सामना गर्नेछु : मुख्यमन्त्री राई


    काठमाडौं, पुस १२ गते । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको  अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् ।

    उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सूचना पाएपछि संघीयतालाई असफल बनाउन अविश्वास प्रस्ताव दर्ता भएको बताएका हुन् । उनले भने, ‘म त्यसलाई सहजै सामना गर्नेछु ।’   

    उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्राह राखेर सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर अविश्वासको प्रस्ताव ल्याएको बताए । 

    मुख्यमन्त्री राईविरुद्ध सत्ताधारी दल नेकपाका ३७ जना सांसदहरूले आइतबार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।  

    आइतबार बहुमत ३३ सांसदहरूले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउन पनि संसदीय दलमा प्रस्ताव दर्ता गराएका हुन् ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस