• The Public Today
  • थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, पुस १२ गते । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने १८२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस