• The Public Today
  • कञ्‍चनपुर, धनुषा र झापामा तीनजना मृत फेला


    काठमाडौं, पुस १२ गते : कञ्‍चनपुर, धनुषा र झापामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कञ्‍चनपुर, भीमदत्त नगरपालिका ७, हल्दुखालका २२ वर्षीय पंकजसिंह कार्की मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि हराएका उनको खोजी गर्ने क्रममा भीमदत्त नगरपालिका ३, तिलकपुरस्थित खन्याखोलाको जंगलमा उनको शव फेला परेको हो ।

    धनुषा, मिथिला नगरपालिका ५ विश्रामपुरस्थित सडकको किनारमा परिचय नखुलेकी करिब ७० वर्षीया महिला मृत फेला परेकी छन् त्यस्तै झापा, दमक नगरपालिका ९ मा डेरा गरी बस्ने पोखरा घर बताउने ३५ वर्षीय रामबहादुर बस्नेत आफ्नै कोठाको खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस