• The Public Today
  • फरार प्रतिवादी पक्राउ


    काठमाडौं, पुस १२ गते : मोरङमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १४ का ३८ वर्षीय तुलसी महतो छन् ।

    जिल्ला अदालत मोरङको ०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका ८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।उनलाई जिल्ला अदालत मोरङमा बुझाइने प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस