• The Public Today
  • चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने २७ जना पक्राउ


    काठमाडौं, पुस १२ गते : नेपालमा चिनियाँ हस्तक्षेप भएको भन्दै नेपालस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी भृकुटीमण्डपस्थित पुलिस क्वलमा राखिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा उपमन्त्रीको टोली नेपाल भ्रमणमा रहेको बेला अभियानका कार्यकर्ताले दूतावासकै अगाडि गएर प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो ।

    अभियानका अध्यक्ष विनय यादवले आफूहरुले चिनियाँ हस्तक्षेपको विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्दा प्रहरीले हस्तक्षेप गरी आफूहरुलाई पक्राउ गरी भृकुटीमण्डप पुलिस क्लवमा राखिएको बताए । उनीसहित २७ जनालाई त्यहाँ राखिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस